३० असार २०८१, आईतवार | Sun Jul 14 2024

चिनियाँ राष्ट्रपति सीको भ्रमणका सम्बन्धमा महानगरीय ट्राफिक प्रहरीको विशेष अनुरोध


२५ असोज, काठमाडाैँ । चीनका राष्ट्रपति सी चिनफिङको नेपालको शनिबारदेखि हुने दुईदिने राजकीय भ्रमणको अवसरमा सवारी व्यवस्थापनमा सहयोग गर्न उपत्यकावासीलाई महानगरीय ट्राफिक प्रहरी महाशाखाले अनुरोध गरेको छ । महाशाखाले यही असोज २५ र २६ गते ठूला मालबाहक सवारीसाधन रिङरोडभित्र प्रवेश नगरिदिनु हुन सबै नागरिकमा आग्रह गरेको छ ।

मुख्य सवारी मार्गको प्रयोग नगरी अन्य वैकल्पिक सडकको प्रयोग गर्न तथा अनावश्यक सवारीसाधन प्रयोग नगर्न पनि महाशाखाले उपत्यकावासीसँग आग्रह गरेको छ । सवारी मार्गमा पुराना र अवस्था ठीक नभएका सवारीसाधन नचलाउन तथा हर्नको प्रयोग नगर्न पनि ट्राफिक प्रहरीले भनेको छ ।

प्रकाशित मिति : २५ आश्विन २०७६, शनिबार ०६:४०