९ जेष्ठ २०८३, शनिबार | Sat May 23 2026

सिन्धुपाल्चाेक बस दुर्घटनाः मृतककाे संख्या ११ पुग्याे, उद्धारका लागि हेलिकप्टर बाेलाइयाे

२४ असोज, सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा यात्रुबाहक बस दुर्घटना हुँदा मृत्यु हुनेकाे संख्या ११ पुगेकाे छ । दुर्घटनामा परी अन्य ६० जना भन्दा बढी घाइते भएका छन । घाइतेकाे उद्धारका लागि हेलिकप्टर बाेलाइएकाे प्रहरीले जनाएकाे छ । सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–१० र ११ को सीमा क्षेत्र शिवटारबाट काठमाडौं जाँदै गरेको बा २ ख ३९०२ नम्बरको बस इन्द्रावती गाउँपालिकाअन्तर्गतको भीमटार नजिक दुर्घटनामा परेको प्रहरी चौकी भीमटारका इन्चार्ज प्रहरी सहायक निरीक्षक परशुराम साहले जानकारी दिए ।

तस्बीरः खबरहव ।

साहका अनुसार बसमा ८० भन्दा बढी यात्रु सवार रहेका थिए । उद्धारका लागि जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोक, इलाका प्रहरी कार्यालय नवलपुर र इलाका प्रहरी कार्यालय मेलम्चीबाट प्रहरी खटिएका छन् भने स्थानीयले उद्धारको काम जारी राखेका छन । घाइते मध्ये धेरैको अवस्था गम्भीर रहेको छ ।

प्रकाशित मिति : October 11, 2019 at 12:10 pm