राष्ट्रपति विद्यादेवी भण्डारीले सर्वसाधारणलाई २ः३० बजेबाट टीका लगाइदिने
२१ असोज, काठमाडाैँ । बडा दशैंको महत्वपूर्ण विजया दशमीको दिन यस वर्ष पनि राष्ट्रपति विद्यादेवी भण्डारीले सर्वसाधारणलाई टीका लगाइदिने भएकी छन् । असोज २१ गते विजया दशमीको दिन १ बजेदेखि २ बजेसम्म मन्त्री, प्रदेश प्रमुख, संवैधानिक निकायका प्रमुख लगायतलाई टीका लगाइदिने राष्ट्रपति कार्यालयले जनाएको छ । त्यस्तै २ः३० बजेबाट सर्वसाधारणलाई एक घण्टा टीका लगाइदिने राष्ट्रपति कार्यालयले जनाएको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले दशैँको टीकाको साइत यसअघि नै सार्वजनिक गरिसकेको छ ।

नेपाल पञ्चाङ्ग निर्णायक समिति अध्यक्ष प्राध्यापक डा रामचन्द्र गाैतमका अनुसार दशैंको टीकाको उत्तम साइत असोज २१ बिहान १० बजेर ३५ मिनेटमा रहेको छ । विजया दशमीको दिन दिनभरी नै टीका लगाउन उत्तम हुने पनि गाैतमले बताए । यसैबीच अघिल्लो वर्ष भीआइपीहरूले टीकाको समयमा घुँडा टेक्नु परेको भन्दै चर्को बिरोध भएकोमा यस पटक त्यस्तो अालोचना नहुने गरी व्यवस्था मिलाइने विश्वास जनताले गरेका छन ।
प्रकाशित मिति : October 8, 2019 at 7:30 am









