९ जेष्ठ २०८३, शनिबार | Sat May 23 2026

आज काठमाडाैँ उपत्यकाको सात रूटमा सेनाको निःशुल्क बस सेवा सञ्चालनमा, यस्तो छ रूट

२१ असोज, काठमाडाैँ । दशैँको टीकाका दिन नेपाली सेनाले उपत्यकाको विभिन्न सात रुटमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । टीकाका दिन काठमाडौँ उपत्यकाभित्र सार्वजनिक सवारीसाधन न्यून मात्र सञ्चालन हुने भएकाले सैनिक तथा गैरसैनिक व्यक्तिको आवागमनमा सुविधा पु¥याउने उद्देश्यले बस सेवा सञ्चालन गरिएको हो । अाज सेनाले विभिन्न सात रुटमा बस सञ्चालन गरेको छ । सेनाका बस बिहान, दिउँसो र साँझ सञ्चालनमा आउनेछन् ।

सेनाका मुख्यालय भद्रकालीलाई केन्द्र मानेर बस सञ्चालन भैरहेको छ । बिहान ८ देखि १०ः३०, दिउँसो १ देखि ३ र साँझ ४ बजेदेखि ६ बजेसम्म निःशुल्क बस सञ्चालनमा आउने नेपाली सेनाले जनाएको छ । भद्रकाली–कालिमाटी–कलङ्की–नागढुङ्गा, भद्रकाली–बल्खु–कीर्तिपुर,भद्रकाली–बानेश्वर–काटेश्वर–गठ्ठाघार–सूर्यविनायक र भद्रकाली–लैनचौर–महाराजगञ्ज–बूढानीलकण्ठसम्म सेनाका बस चल्नेछन् ।

त्यस्तै भद्रकाली–चाबहिल–जोरपाटी–थली–साँखु, भद्रकाली–बानेश्वर–कोटेश्वर–सातदोबाटो–कलङ्की–सीतापाइला–बालाजु–महाराजगन्ज–चाबहिल–गौशाला एयरपोर्ट–तिनकुने–भद्रकाली (चक्रपथ) र भद्रकाली–बानेश्वर–तिनकुने–एयरपोर्ट–गौशाला–चाबहिल–महाराजगञ्ज–बालाजु–सितापाइला–कलङ्की–सातदोबाटो–कोटेश्वर–बानेश्वर हुँदै भद्रकाली (चक्रपथ) रुटमा सेनाको बस चल्नेछन् ।

प्रकाशित मिति : October 8, 2019 at 8:04 am