कांग्रेस नेता भिमसेनदास प्रधान र हरिप्रभा खड्कीले बसपार्कको बार र ढलान भत्काए
१९ असोज, काठमाडौँ । नेपाली कांग्रेसका नेता एवं सांसद भिमसेनदास प्रधान र कांग्रेस नेतृ एवं काठमाडौँ महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्कीले काठमाडौँको पुरानो बसपार्कमा हिजोमात्र सरकारले गरेको ढलान र लगाएको बार भत्काएका छन । आइतबार बिहान केही कार्यककर्ता लिएर पुरानो बसपार्क पुगेका उनीहरूले ढलानमाथि गाडी गुडाएर भत्काएका हुन । यसअघि खुलामञ्च कब्जा गर्ने व्यापारीको समर्थन गर्न त्यहीँ पुग्दा लखेटिएकी खड्की आइतबार भने बार भत्काउन आफैँ सक्रय बनिन् ।

काठमाडौँ महानगरपालिकाले पानी परेर बसपार्क हिलो भएपछि त्यसबाट बचाउनका लागि ढलान गरेको थियो । त्यही ढलान गर्ने कामका लागि बसपार्क छेक्न लगाइएको जस्तापाताको बार पनि कांग्रेस नेता र कार्यकर्ताले भत्काएका छन । भत्काउने काममा वडा नम्बर २८ का वडाध्यक्ष भाइराम खड्गीसमेत सक्रिए भएर लागे । राजनीतिमा एजेण्डाबिहीन बनेको कांग्रेस पछिल्लो समय भत्काउने र बिगार्नेमा केन्द्रित भएको छ ।
प्रकाशित मिति : 20:31









