चिनियाँ राष्ट्रपति सीको स्वागतका लागि दुलहीझैँ सिंगारिदै काठमाडाैँ (फोटोफिचर)
१९ असोज, काठमाडौँ । उत्तरी छिमेकी राष्ट्र चीनका राष्ट्रपति सी जिनपिङ यही असोज २७ गते नेपाल भ्रमणमा आउने निश्चत भएपछि त्यसको तयारी स्वरूप सरकारले काठमाडाैँलाई दुलही झैँ संगारिएको छ । अस्थायी रूपमा पार्क नेपाल झल्कने चित्रहरूको फ्लेक्स राख्नेसम्मका काम भइरहेका छन । सडकका किनारामा रूख विरूवा रोप्ने काम समेत भैरहेको छ । सी असोज २७ मा भारत हुँदै नेपाल आउँदैछन ।

सी भारत चीन अनौपचारिक सम्मेलनका लागि ११ अक्टोबरमा भारत जानेछन् र उक्त सम्मेलनपछि नेपाल आउनेछन । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार सी १४ अक्टोबर अर्थात २७ असोजमा नेपाल आउनेछन् । सीले एक रात काठमाडौँमा बिताउने कार्यक्रम रहेको छ । सीको भ्रमणको तयारी स्वरूप चिनियाँ कम्युनिष्ट पार्टी (चिकपा)का विदेश विभाग प्रमुख सोङ ताओ तीन दिने नेपाल भ्रमण गरेर स्वदेश फर्किएका छन । त्यसअघि चिनियाँ विदेशमन्त्री वाङ यी पनि नेपाल भ्रमण गरेर फर्किएका छन । तस्बीरहरूः नविन पाैडेल/रासस

प्रकाशित मिति : October 6, 2019 at 6:00 pm









