९ जेष्ठ २०८३, शनिबार | Sat May 23 2026

विपदमा मात्र हैन खुशीमा पनि सशस्त्र प्रहरीको साथ, दशैँका लागि देशका १३४ स्थानमा सशस्त्रको पिङ

१८ असोज, काठमाडाैँ । सशस्त्र प्रहरीले सर्वसधारणको खुशीका लागि देशका १३४ स्थानमा पिङ हालेको छ । बडा दशैँको अवसर पारेर सशस्त्र प्रहरीले देशका विभिन्न स्थानमा पिङ हालिदिएको हो । गाउँगाउँमा र ठाउँठाउँमा लिंगेपिङ हालेर रमाउने संस्कार भए पनि पछिल्लो समय विविध कारणले मानिसहरूले पिङ हाल्न नसकेको अवस्थामा संस्कृतिको निरन्तरताका लागि सशस्त्र प्रहरीले पिङ हालेको हो ।

सशस्त्रको नम्बर १ बराह बाहिनी मुख्यालय, सुनसरीले २४ वटा पिङ हालेको छ । यस्तै नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय, महोत्तरीले २४ वटा, नम्बर ३ गढीमाई बाहिनी मुख्यालय, मकवानपुरले ११ वटा, नम्बर ४ मुक्तिनाथ बाहिनी मुख्यालय, कास्कीले ८ वटा पिङ हालेको छ ।

पिङ खेल्दै प्रहरी प्रमुखः डोटीको दिपायल स्थित जोगीडाब्रेमा तैनाथ रहेको शसस्त्र प्रहरी बलको ३६ नम्बर गणको टोलीले पिपल्ला स्थित बेडखोलेमा सर्वसाधरणका लागि हालेको पिङ खेल्दै जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख एसपी दिलिपसिंह देउवा । तस्वीरः विमलबहादुर विष्ट

यसैगरी सशस्त्र प्रहरी बल, नेपाल नम्बर ५ विन्ध्यावासिनी बाहिनी मुख्यालय, रुपन्देहीले २६ वटा, सशस्त्र प्रहरी बल, नेपाल नम्बर ६ महेश्वरी बाहिनी मुख्यालय, सुर्खेतले ४ वटा, सशस्त्र प्रहरी बल, नेपाल नम्बर ७ बैद्यनाथ बाहिनी मुख्यालय, कैलालीले २५ वटा र सशस्त्र प्रहरी बल,
नेपाल नम्बर ९ पशुपतिनाथ बाहिनी मुख्यालय, काठमाडौंले १२ वटा पिङ हालेको छ ।

प्रकाशित मिति : October 5, 2019 at 7:50 am