१७ दिनदेखि हराइरहेका नेदरल्यान्डका नागरिक रसुवाको रिछर जङ्गलमा मृत अवस्थामा भेटिए
१७ असोज, काठमाडाैँ । असोज १ गतेदेखि सम्पर्कविहीन रहेका नेदरल्यान्डका एक पर्यटक आज मृत फेला परेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता हेमन्त थापाका अनुसार २७ वर्षीय थोमस मृत भेटिएका हुन् । उनको शव गोसाइँकुण्ड गाउँपालिका–१ थुमन क्षेत्रको रिछर जङ्गलमा फेला परेको हो ।

नेपाल प्रहरी, सिम्रिक एयरका कर्मचारी र स्थानीय बासिन्दाको संयुक्त प्रयासबाट उनको शव फेला परेको हो । खोज उद्धारका लागि पाँच दिनदेखि सिम्रिक एयरको हेलिकप्टरले सम्भावित ठाउँमा हवाई अवलोकन गर्दै आएको थियो । उनीसँगै हराइरहेका दक्षिण कोरियाका नागरिक सिसुङको खोजी जारी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
प्रकाशित मिति : October 4, 2019 at 9:44 pm









