महरा प्रकरण उत्कर्षमाः एम सरको सभामुख पद चट, रोशनीको २८ वर्षको बैबाहिक सम्बन्ध अन्त्य
१६ असोज, काठमाडाैँ । याैन दूर्व्यवहारका कारण कृष्णबहादुर महराले सभामुख पद गुमाएको २४ घण्टा नबित्दै उनीसँग जोडिएकी रोशनी शाहीले श्रीमानबाट डिभोर्स पाएकी छिन । संसद सचिवालयले सूचना निकालेर महाराको सभामुख पद गुमेको जानकारी दिएको अर्को २४ घण्टा पनि नबित्दै उनको जागिर खाइदिने संसद सचिवालयकी कर्मचारी रोशनी शाहीले श्रीमानको साथ गुमाएकी छिन । उनले खुशीले नै श्रीमान साथ छाडेको उनको श्रीमानले बताएका छन ।

रोशनीका श्रीमान चित्रजंग शाहीले सामाजिक सञ्जाल फेसबुकमा कानुनी रूपमै श्रीमान श्रीमतिको सम्बन्ध अन्त्य गर्ने निर्णय गरेको जानकारी दिएका छन । उनले दुबैजनाको राजीखुशीले अलग हुने निर्णयमा पुगेको भन्दै दुबैले हस्ताक्षर गरेको एउटा सहमतिपत्र नै सार्वजनिक गरेका छन । गत आइतबार रोशनीको कोठामा महरा पुगेपछिको घटना पूरै विश्वले थाहा पाएपछि रोशनीले श्रीमानबाट डिभोर्स पाएकी हुन ।

प्रकाशित मिति : October 3, 2019 at 10:19 am









