महराको दोस्रो राजिनामापछि खुशीसाथ निवेदन बोकेर प्रहरी कार्यालय पुगिन रोशनी
१५ असोज, काठमाडौँ । कृष्णबहादुर महराले सभामुखबाट दोस्रो पटक राजिनामा दिएपछि संसद सचिवालयमा काजमा कार्यरत रोशनी शाही खुशीसाथ निवेदन बोकेर प्रहरी कार्यालय पुगेकी छिन । उनी बुधबार साँझ महानगरीय प्रहरी वृत बानेश्वरमा निवेदन दिएकी हुन । महराले बलात्कार गरेको भन्दै पद नै खुस्काएपछि उनले महरा निर्दोष भएको भन्दै निवेदन दिएकी हुन । नाटकीय रूपमा आफूलाइ परिवर्तन गराइरहेकी रोशनीले निवेदन दिएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता होविन्द्र बोगटीले पनि पुष्टि गरेका छन ।

तिनकुनेस्थित महानगरीय प्रहरीवृत्त बानेश्वरमा आज साँझ आफैँ उपस्थित भएर आफू ‘डिप्रेसन’को बिरामी भएको र महरासँग जोडिएर आएका समाचारमा कुनै सत्यता नरहेको जानकारी दिएकी छिन । उनले दिएको लिखित निवेदनमा भनिएको छ, “म पहिलेदेखि नै डिप्रेसनको बिरामी हुँ, मिडियाँमा कसरी समाचार आए, मलाई थाहा छैन । सञ्चारमाध्यममा आएको जस्तो कुनै पनि घटना भएको होइन ।” पीडित भनिएकी ती कर्मचारीले महरासँग जोडिएर आएका समाचारमा कुनै सत्यता नरहेको र त्यस्तो कुनै पनि घटना नभएको लिखित जानकारी गराएको महानगरीय प्रहरी परिसर टेकुका प्रवक्ता प्रहरी नायब उपरीक्षक होविन्द्र बोगटीले बताए ।
प्रकाशित मिति : October 2, 2019 at 10:02 pm









