९ जेष्ठ २०८३, शनिबार | Sat May 23 2026

२०२१ को लागि डिभीकाे आवेदन खुल्यो, पासपोर्ट नम्बरबिना अब डिभी भर्न नपाइने

१५ असोज, काठमाडौँ । सन् २०२१ को लागि डाइभर्सिटी भिसा (डीभी) को लागि आवेदन खुल्ला भएको छ । संयुक्त राज्य अमेरिकाले २०१९ अगष्ट २ देखि नोभेम्बर ५ सम्म नलाइनमार्फत आवेदन खोलेको हो । अमेरिकाको आप्रवासी ऐन (इमिग्रेसन एण्ड नेशनालिटी एक्ट) को व्यवस्था अनुसार डिभीमार्फत यस वर्ष ५५ हजारका लागि भिसा उपलब्ध गराउने सूचनामा जनाइएको छ। डिभी भरेवापत कुनै शुल्क लाग्ने छैन।

अमेरिले अघिल्ला वर्षका शर्त यथावत राख्दै यसपटक डिभी भर्नका लागि पासपोर्ट नम्बर चाहिने नयाँ व्यवस्था गरेको छ। साथै जारी गरिएको देश र पासपोर्टको म्याद अवधि पनि उल्लेख गर्नु पर्नेछ उल्लेख गरेकाे छ

तर डिपेन्टेन्टमा जानेका लागि भने यो आवश्यक छैन। यसैगरी कम्युनिस्ट देशका नागरिक र देशविहीनहरूका लागि पनि इन्टरनेशनल ट्राभल पासपोर्ट नम्बर नचाहिने आवेदनको सूचनामा उल्लेख छ।

प्रकाशित मिति : October 2, 2019 at 12:18 pm