८ जेष्ठ २०८३, शुक्रबार | Fri May 22 2026

आँफैले गरेको पत्रकार सम्मेलनमा कुटिए ज्ञानेन्द्र शाही, प्रहरीले पक्रेर ललितपुर परिसर लग्यो

२९ भदौ, काठमाडौँ । फेरि राजा ल्याउनुपर्छ भनेर अराजकताको अभियान चलाइरहेका ज्ञानेन्द्र शाही आँफैले गरेको पत्रकार सम्मेलनमा कुटिएका छन । शनिबार नेपालगञ्ज एयरपोर्टमा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईलाइ कुट्न तम्सेका उनले कुटन त पाएनन तर झम्टिएर फेसबुकमा रामधुलाइ गरियो भन्दै भिडियो पोस्ट गरेका थिए ।

चर्को आलोचना भएपछि पत्रकार सम्मेलन गरिरहेका उनी सम्मेलनमै युटुबरको भिडबाट कुटिएका हुन । त्यसपछि उनलाइ प्रहरीले पक्राउ गरेर ललितपुर परिसर लगेको छ । शाहीले आयोजना गरेको पत्रकार सम्मेलनमा हात हालाहाल भएपछि सुरक्षाका लागि भन्दैै उनलाई नियन्त्रणमा लिएको परिसरका डीएसपी देवेन्द्र पाण्डेले बताएका छन ।

प्रकाशित मिति : September 15, 2019 at 2:01 pm