८ जेष्ठ २०८३, शुक्रबार | Fri May 22 2026

विप्लव समूहका बाजुरा सह–सेक्रेटरी दानबहादुर खड्का पक्राउ

२७ भदौ, बाजुरा । जिल्ला प्रहरी कार्यालय बाजुराले नेत्रविक्रम चन्द ‘विप्लव’ समूह बाजुराका सह–सेक्रेटरी दानबहादुर खड्का (किशोर) लाई पक्राउ गरेको छ ।

शुक्रबार दिउँसो ५० वर्षीय खड्कालाई बुढीगंगा नगरपालिका–७ बाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाजुराका निमित्त कार्यालय प्रमुख एवं प्रहरी निरीक्षक (इन्सपेक्टर) जनकराज ढुंगानाले जानकारी दिएका छन् ।

प्रहरी निरीक्षक ढुंगानाका अनुसार विप्लव समूहका जिल्ला सह–सेक्रेटरी खड्काले गाउँमा संगठन विस्तार र संगठनका गतिविधिबारे प्रचारप्रसार गरेको गोप्य सूचनाका आधारमा पक्राउ गरिएको बताउनु भयो ।

प्रकाशित मिति : September 13, 2019 at 6:49 pm