८ जेष्ठ २०८३, शुक्रबार | Fri May 22 2026

रोल्पाकाे थबाङमा पहिरोले घर पुरिँदा एकै परिवारका ६ जनाकाे मृत्यु

२७ भदौ, रोल्पा । थबाङ गाउँपालिकाको छेर्लबाङमा पहिरोले घर पुरिँदा एकै परिवारका ६ जनाको मृत्यु भएको छ । घरमाथिबाट खनिएको सडक भासिएर खसेको पहिरोले दुई तले ढुंगे घर पुरिँदा २८ वर्षकी थीरकुमारी बुढा, उनका ४ वर्षीय छोरा असलको ज्यान गएको हो ।

त्यस्तै थीरकुमारी बुढाका जेठाजु ३८ वर्षका जय बुढा, उनकी ३६ वर्षीया श्रीमती मूलज्योति बुढा र उनका छोरीहरु ९ वर्षकी देवस्थी र २ वर्षकी करिष्माको ज्यान गएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : September 13, 2019 at 3:43 pm