८ जेष्ठ २०८३, शुक्रबार | Fri May 22 2026

पेट्रोलियम पदार्थको मूल्य घट्यो 

भदौ २४, काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । नेपाल–भारत क्रस बर्डर पेट्रोलियम पाइपलाइन उद्घाटनको अवसरमा मंगलवार दिउँसो १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य घटाएको हो ।

सबै पेट्रोलियम पदार्थको मूल्यमा २ रुपैयाँ प्रतिलिटर घटाएको छ । योसँगै पेट्रोलको मूल्य काठमाडौँमा १०७ रुपैयाँ प्रतिलिटर र डिजेल मट्टितलेको मूल्य प्रतिलिटर ९५ रुपैयाँ कायम भएको छ ।

प्रकाशित मिति : September 10, 2019 at 12:31 pm