८ जेष्ठ २०८३, शुक्रबार | Fri May 22 2026

अज्ञात व्यक्तिद्वारा छुरा प्रहार गरी वृद्धको हत्या

२३ भदाै, धनुषा । धनुषामा आइतबार साँझ धारिलो हतियार प्रहार गरी एक वृद्धको हत्या गरिएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार धनुषाको मिथिला विहारी नगरपालिका–९ कटरैत बस्ने ६५ वर्षीय रामवरण शर्माको हत्या गरिएको हो ।

अज्ञात व्यक्तिले छुरा प्रहार गर्दा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । तारापट्टी बजारबाट बेलुकी करीब ८ः१५ बजे तरकारी किनेर घर फर्किदै गर्दा मिथिला विहारी नगरपालिका–८ कचुरी सडकखण्डमा मोटरसाइकलमा आएका दुई जना अज्ञात व्यक्तिले शर्माको घाँटीमा छुरा प्रहार गरी फरार भएको प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै इलाका प्रहरी कार्यालय धनुषाधामले जनाएको छ ।

घटनाबारे जानकारी पाएलगत्तै जिल्ला प्रहरी कार्यालय धनुषाको टोली घटनास्थल पुगी प्रकृति मुचुल्का उठाएर मृतकको शव परीक्षणको लागि जनकपुर अञ्चल अस्पताल पठाएको छ । शर्मालाई कसले र किन हत्या गरेकोबारे प्रहरीले अनुसन्धान थालेको बताइएको छ ।

प्रकाशित मिति : September 9, 2019 at 11:00 am