पुल बेचेर पैसा बाँड्ने नेकपाका नेताहरूको स्पष्टिकरण ‘नदी प्रदुषित भएकाले कबाडीलाई बेच्याैँ’
२२ भदौ, नुवाकोट । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेताद्धय एवं विदुर नगरपालिका वडा नं। ५ का वडा अध्यक्ष शिव चित्रकार र बेलकोटगढी नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष भोजप्रसाद पुडासैनीले संयुक्त पत्रकार सम्मेलन गरी पुल कबाडीलाई बेच्नुको कारणबारे स्पष्टिकरण दिएका छन । उनीहरूले माघमै आफूहरूले मेयरसमेतको सहमतिमा पुल बेचेको विषय भदौमा आएर समाचार बनाइएको भन्दै दुःख व्यक्त गरेका छन । उनीहरूले माघमा पुल बेचेको विषय भदौमा समाचार बन्नु बदनियत मानसिकता भएको आरोप समेत लगाएका छन ।

दुबै अध्यक्षले पुल काटेर सडक आयोजनाले फ्याँकेको र त्यसले बाटो अबरोध तथा नदी क्षेत्रनै प्रदुषण हुन पुगेको बताएका छन । यद्पी सडक आयोजनाका प्रमुख नारायण भण्डारीले आफूहरूले उक्त पुल काट्ने त परै जाओस छड्के आँखाले समेत नहेरेको स्पष्ट परेको छ । उनीहरूले रिसिईविका कारण गलत समाचार आएको दाबी गरेका छन् । यद्यपी पुल कबाडीलाई बेचेको पनि दुबैले स्वीकार गरेका छन । उनीहरूले बाँडेको प्रेस विज्ञप्ति यस्तो छ ।


प्रकाशित मिति : September 8, 2019 at 11:30 am









