८ जेष्ठ २०८३, शुक्रबार | Fri May 22 2026

नुवाकोटको विदुरमा जिउँदो गाई खाल्डोमा पुरियो, नेपाली सेना र स्थानीयले गरे उद्धार (फोटोफिचर)

२१ भदाै, काठमाडाैँ । नुवाकोटको विदुरमा जिउँदो गाई खाल्डोमा पुरिएको छ । केरूङ हुँदै चीनतर्फ गाई तस्करी गर्ने समूहले बिरामी भएको दुई गाई खाल्डो खनेर पुरिएको हो । पत्रकार शालिकराम चालिसेका अनुसार विदुर नगरपालिका वडा नम्बर ४ वट्टारमा खाल्डो खनेर पुरिएको गाई नेपाली सेना र स्थानीयको सहयोगमा निकालिएको छ ।

नुवाकोटको बाटोबाट दैनिक ३० भन्दा बढी गाई चीनतर्फ तस्करी हुने गरेको भए पनि प्रशासनले  कुनै चासो देखाएको छैन । शनिबार त्यसैको परिणाम स्वरूप तस्कर समूहले बिरामी गाई जिउँदै पुरेकोमा कुनै दुबिधा छैन । गाई खाल्डोमा पुर्ने व्यक्ति फरार रहेका छन । तस्बीरहरूः राजाराम रिजाल/नुवाकोट

प्रकाशित मिति : September 7, 2019 at 2:06 pm