८ जेष्ठ २०८३, शुक्रबार | Fri May 22 2026

काठमाडाैँ सुन्धारामा ट्रकको ठक्करबाट पुनको मृत्यु

२० भदाै, काठमाडाैँ । सुन्धारामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । काठमाडौँ महानगरपालिका–११ सुन्धारामा बिहीबार राति बा१ग २४५६ नम्बरको ट्रकको ठक्करबाट बा६८प ७५० नम्बरका मोटरसाइकलका चालक अर्घाखाँची बालारानी गाउँपालिका–९ का लेखबहादुर पुनको आज बिहान मृत्यु भएको हो ।


दुर्घटनामा गम्भीर घाइते पुनको उपचारका क्रममा राष्ट्रिय ट्रमा सेन्टरमा निधन भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । दुर्घटनामा संलग्न ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : September 6, 2019 at 7:06 pm