आखिर बिष मात्र पोखिए अधरहरुबाट(गजल)
– घनश्याम मुडभरी (यात्री)
बारम्बार लुटिएँ म तिम्रा शहरहरुबाट ।
बरु जोगिएको थिएँ सधैँ पत्थरहरुबाट ।।
मेरो सपना आज यसरी टुक्रिन पुगेको छ ।
हो केही हाँसिल भएनन सफरहरुबाट ।।
अमृत छरिदिन्छु भनेर मख्ख पार्यो कसैले ।
आखिर बिष मात्र पोखिए अधरहरुबाट ।।
पराईसँग त जसोतसो जोगिन सकिएला ।
जोगिनै गाह्रो यी आफन्तका नजरहरुबाट ।।
सुनका चुरा दिन सकिन माफी चाहन्छु प्रिया ।
म खोज्दाखोज्दै थाकेको छु यी बगरहरुबाट ।।
बेलकोटगढी-३, नुवाकोट ।
प्रकाशित मिति : १७ श्रावण २०७६, शुक्रबार १९:३०