६ जेष्ठ २०८३, बुधबार | Wed May 20 2026

साताको शेयरः दुई अर्ब बढिकाे कारोबार

२८ असार, काठमाडाैँ । यो साताभर शेयर बजारमा उतार चढावपूर्ण कारोवार भयो । सातामा पाँच दिन खुलेको बजारमा कूल १७३ कम्पनीको एक करोड १३ लाख ८७ हजार ६१६ कित्ता शेयर रु दुई अर्ब ६३ करोड ६८ लाख ९५ हजार १२७ मूल्यमा खरीद बिक्री भए ।

गत साताको अन्तिम दिन अर्थात् १९ गते बिहीबार आठ अङ्कले घटेर एक हजार २६०.४७ मा झरेको बजार यस साताको पहिलो दिन आइतबार कारोवारमापक नेप्से परिसूचक ओरालो लाग्यो । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ४.४५ बिन्दुले घटेर एक हजार २५६.०४ बिन्दुमा पुग्यो ।

कूल १७३ कम्पनीको २२ लाख १६ हजार ४९३ कित्ता शेयर रु ५४ करोड पाँच लाख २९ हजार ४६५ मा खरीद बिक्री भए । सोमबार पनि शेयर बजारमा कारोवारमापक नेप्से परिसूचक ओरालो लाग्ने क्रम जारी रह्यो । सो दिन नेप्से परिसूचक ८.७० विन्दुले घटेर एक हजार २४७.३५ विन्दुमा पुग्यो । नेप्से घट्दा कारोवार रकम भने झण्डै रु ६० करोडको हाराहारीमा रह्यो ।

कूल १७१ कम्पनीको २९ लाख १० हजार १५३ कित्ता शेयर रु ५९ करोड १० लाख ५३ हजार ८१२ मूल्यमा कारोवार भयो । कारोवार मापक नेप्से परिसूचक मङ्गलबार भने उकालो लाग्यो । उतारचढावकाबीच परिसूचक २.९२ अङ्कले बढेर एक हजार २५०.२७ मा पुगेर थामियो । परिसूचक बढे पनि कारोवार रकममा भने खासै प्रगति देखिएन । स्टकका अनुसार आज १६५ कम्पनीका १६ लाख सात हजार ६७२ कित्ता शेयर रु ४६ करोड ८२ लाख ६३ हजार ७७० मा खरीद–बिक्री भए ।

मङ्गलबार उकालो लागेको नेप्से परिसूचक बुधबार भने ओरालो लाग्यो । उतारचढावकाबीच नेप्से परिसूचक १.१२ अङ्कले घटेर एक हजार २४९.१५ मा पुगेर रोकियो । सो दिन कूल १६८ कम्पनीका २९ लाख ९८ हजार ९४७ कित्ता शेयर रु ५७ करोड ३४ लाख ४७ हजार ५०९ मा खरीद बिक्री भए ।

परिसूचक ओरालो लाग्दा कारोवार रकम पनि औशतमा समेटिएको छ । कूल १७२ कम्पनीको १६ लाख ५४ हजार २५१ कित्ता शेयर रु ४६ करोड ३६ हजार ५७१ मा कारोवार भए ।

प्रकाशित मिति : July 13, 2019 at 3:19 pm