२७ जेष्ठ २०८३, बुधबार | Wed Jun 10 2026

जर्मनीद्वारा नेपाल सरकारलाई ३ अर्ब २ करोड अनुदान सहयोग 

२० असार, काठमाडाैँ । सङ्घीय गणतन्त्र जर्मनीले तीनवटा परियोजना कार्यान्वयनका लागि नेपाल सरकारलाई रु तीन अर्ब दुई करोड अनुदान सहयोग उपलब्ध गराउने भएको छ । ग्रामीण सौर्य ऊर्जा प्रवद्र्धन, शहरी क्षेत्रमा मातृ तथा शिशु स्याहार तथा ग्रामीण एवं अर्धशहरी क्षेत्रमा दिगो आर्थिक विकास कार्यक्रम कार्यान्वयन गर्न जर्मनीले उक्त रकम प्रदान गर्न लागेको हो ।

अनुदान सहायतासम्बन्धी सम्झौतापत्रमा अर्थसचिव राजन खनाल र नेपालका लागि जर्मनीका राजदूत रोलान्ड शेफेरले अर्थमन्त्रालयमा आज हस्ताक्षर गर्नुभयो । त्यस अवसरमा राजदूत शेफेरले अनुदानस्वरुप आफ्नो देशले प्रदान गर्न लागेको उक्त रकमले जर्मनी र नेपालबीच लामो साझेदारी र सहकार्यलाई प्रतिबिम्बित गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “यो लामो समयदेखिको पारस्परिक सहयोगको प्रतिफल हो ।”

सचिव खनालले नेपालको सामाजिक–आर्थिक विकासमा जर्मनीबाट निरन्तररुपमा प्राप्त सहयोगप्रति कृतज्ञता व्यक्त गर्दै स्वास्थ्य, ऊर्जालगायत क्षेत्रमा जर्मनीले सहायता गरिरहेको बताउनुभयो ।रासस

प्रकाशित मिति : July 5, 2019 at 3:42 pm