२७ जेष्ठ २०८३, बुधबार | Wed Jun 10 2026

भ्रष्ट उपसचिवमाथि अख्तियार र सेवाग्राहीको कारबाही एकै पटक, दलियो कालो मोसो (फोटोफिचर)

१३ असार, काठमाडाैँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग महेन्द्रनगर सम्पर्क कार्यालयको टोलीले बिहीबार जलश्रोत तथा सिँचाइ डिभिजन कार्यालय कञ्चनपुरका प्रमुख उपसचिव अजितकुमार श्रीवास्तवलाई दुई लाख रुपैयाँ घुससहित रंगेहात पक्राउ गरेको छ । धेरै सेवाग्रही पीडित भएपछि अख्तियारको  सम्पर्कमा पुगेका थिए ।

त्यसपछि श्रीवास्तव अख्तियारको कारबाहीमा परेका छन । श्रीवास्तव रंगेहात पक्राउ परेको देखेका पीडित सेवाग्राहीहरूले उनीमाथि कालोमोसो समेत दले । श्रीवास्तवले भीमदत्त नगरपालिका १९ को चौधर नदीको तटबन्ध निर्माणको भुक्तानी माग्न गएका उपभोक्ता समितिका पदाधिकारीसँग घुस माग्न थालेपछि उपभोक्ताले अख्तियारको कार्यालयमा जानकारी गराएका थिए।

जानकारीका आधारमा अख्तियारको टोली जलश्रोत तथा सिँचाइ डिभिजन कार्यालय पुगेपछि उपभोक्ताले घुसको रकम दिए। अख्तियारको टोली आएको सुइको पाएपछि हतारहतारमा रकम लगेर श्रीवास्तवले आफ्नो नीजि किचनमा राखिएको चामलको बोरामा लुकाए। तर अख्तियारको टोलीले उनले समेतेको घुस बरामद गर्यो । उनलाइ अाज काठमाडाैँ ल्याउने तयारी छ ।

 

प्रकाशित मिति : June 28, 2019 at 5:39 am