२७ जेष्ठ २०८३, बुधबार | Wed Jun 10 2026

तिम्रो प्रेममा परेर म कमजोर हुन चाहन्न (कविता)

-अमित संग्राैला

मलाई नहेर
मलाई नहेर
तिम्रो निर्दोष आखाले
तिम्रो कोमल मुटु हरुले
मलाई घायल बनाउदै छन्
जहाँ
तिम्रो शरीर
मन
प्रेम र यौवनको
सुन्दरता मिसिएर आएका छन्
मलाई भुतक्क बनाउदै छन्
मलाई नहेर
मतिर नयन हरु पनि नघुमाउ
हो,
मलाई नसताउ
मलाई घरीघरी नबोलाउ
तिम्रो मस्तिष्क भन्दा पनि
तिम्रो हृदय सँग ज्यादा डर लाग्छ
मलाई नहेर
आँखा हरु पनि नझिम्काउ
हो,
कुनैपनि आकर्षक
दृष्टिले नहेर
मेरो शरीर प्रति
मेरो नाक कान
घाटी आँखा हरु
अनुहारहरु
मेरो शरीरको संरचना
कुनैपनि वासना ले
मलाई नहेर
हो
तिम्रो प्रेममा परेर
म कमजोर हुन चाहन्न
तिम्रो यौवन
कामुकताले
पिडा दिँदै छन्
अलिक पर सर
मलाई रिसले
दयाले क्रोधले पनि
मलाई नहेर।

बिर्तामोड, झापा

प्रकाशित मिति : June 27, 2019 at 11:02 am