२७ जेष्ठ २०८३, बुधबार | Wed Jun 10 2026

दोस्रो अन्तर्राष्ट्रिय कृषि प्रदर्शनी सम्पन्न

६ फागुन, काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा दोस्रो कृषि प्रर्दशनी सम्पन्न भएको छ । झण्डै ४३ हजार व्यक्तिले अवलोकन गरेको उक्त प्रदर्शनी नेपाल, भारत, मलेसिया, चीन, ताइवान, इटली, इजराइल, बंगलादेश, जर्मनी, बेल्जियम, नेदरल्याण्डलगायत १० मुलुकका विभिन्न व्यवसायीले सञ्चालन गरेका थिए ।

कृषिको आधुनिकीकरण, व्यवसायीकरण र यान्त्रिकीकरणलाई जोड दिने उद्देश्यले बिहीबारबाट शुरु भएको सो मेलामा झण्डै रु १० करोडभन्दा बढी रकमको कारोबार गर्दै मेला सम्पन्न भएको आयोजकले जानकारी दिए ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, मिडिया स्पेश सोलुसन्स प्रालि, अन्तर्रा्ष्ट्रिय ट्र्याक्टर लिमिटेड (सोनालिका), महेन्द्रा कम्पनी, पोशकदाना, नेपाल पोल्ट्री महासंघ, कृषिउद्यम केन्द्र–नेपाल, उद्योग वाणिज्य महासंघ तथा नेपाल कृषि सहकारी केन्द्रीय महासंघको संयुक्त आयोजनामा सो प्रदर्शनी शुरु भएको थियो ।

प्रदर्शनीमा सानाऔजार, मेशिनदेखि कृषि, डेरी तथा पशुपक्षीपालन उद्योगमा प्रयोग हुने ठूला उपकरणको बिक्री वितरण भएको थियो ।

प्रकाशित मिति : February 18, 2018 at 6:28 pm