२१ असार २०८३, आइतबार | Sun Jul 5 2026

कांग्रेस नेता रामजीप्रसाद बराइ दुई लाख पचहत्तर हजार घुससहित विद्यालयबाट रंगेहात पक्राउ

२१ जेठ, काठमाडाैँ । नेपाली कांग्रेसका नेता रामजीप्रसाद बराइ दुई लाख पचहत्तर हजार घुससहित बाराबाट रंगेहात पक्राउ परेका छन । अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले बरैसहित अर्को एक जनालाइ घुससहित रंगेहात पक्राउ गरेको अायोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिएका छन ।

बरै बाराको महागढीमाई नगरपालिका वार्ड नं. ६ का निर्वाचित वडा अध्यक्ष पनि हुन । बरैले सांसद विकास कोषबाट आएको रकमबाट नेपाल राष्ट्रिय माध्यमिक विद्यालय बबुआइनको कम्पाउण्ड वाल बनाउन उपभोक्ता समिति गठन गरी काम सुरु गर्नु पूर्व विभिन्न बहाना गरी सेवाग्राहीसँग घुस मागेपछि आयोगको कार्यालय, हेटौंडाबाट गएको टोलीले पक्राउ गरेको हो ।

बरैसहित सोही नगरपालिकाको वडा नं. ६ का मुसहर बैठा पनि पक्राउ परेका छन । उनीहरू दुबै कलैया उपमहानगरपालिका वडा नं. ७ स्थित दुर्गा माध्यमिक विद्यालयको हाताबाट रङ्गेहात पक्राउ परेका हुन ।  उनीहरूको बारेमा थप अनुसन्धान भैरहको अायोगले जनाएको छ ।

प्रकाशित मिति : June 4, 2019 at 9:32 pm