७ जेष्ठ २०८१, सोमबार | Mon May 20 2024

भूकम्प पीडितलाई सहुलित ऋण उपलब्ध गराउन बैंकहरुलाई केन्द्रीय बैंकको पुनः निर्देशन


२६ चैत, काठमाडौँ । भूकम्पपीडितलाई सहुलियत दरको ऋण नदिने बैंकहरुलाई नेपाल राष्ट्र बैंकले चेतावनीयुक्त निर्देशन दिएको छ । केन्द्रीय बैंकले घर निर्माणका लागि २ प्रतिशत ब्याजदरमा दिइने आवास ऋण प्रवाहमा आनाकानी नगर्न चेतावनीयुक्त निर्देशन दिएको हो ।

आर्थिक अवस्था एकदमै कमजोर भएका पीडितहरु बैंकसम्म पुगेपनि कर्मचारीलाई ऋण दिन नमिल्ने भन्दै लखेट्ने गरेका छन । बैंकहरुको यस्तो गतिबिधिका बारेमा केन्द्रीय बैंकमा उजुरी परेपछि यस्तो निर्देशन आएको हो । अब भूकम्प पीडितले बैंकबाट ऋण माग्दा नपाए राष्ट्र बैंकमा उजुरी गर्न सक्नेछन ।

०७२ वैशाखको विनाशकारी भूकम्पबाट ठूलो मात्राका जनधनको क्षति भएपछि भूकप पीडितलाई आवास निर्माणमा सहयोग गर्न सरकारले २ प्रतिशत ब्याजदरमा उपत्यका बाहिर १५ लाख र काठमाडौंभित्र २५ लाख रुपैयाँसम्म आवास ऋण लिन सकिने व्यवस्था गरिएको थियो तर बैंकहरु भूकम्प पीडितको नाम सुन्ने वित्तिकै तर्सने गरेका छन ।

सरकारकै योजनामा सहुलिय ऋणको व्यवस्था लागू गरेपनि पहुँच नहुनेलाई बैंकहरुले ढोकाबाटै फर्काउने गरेका छन । राष्ट्र बैंकको तथ्यांकअनुसार लाखौँ भूकम्प पीडित मध्ये हालसम्म ७ सय ७४ जना पीडितलेमात्र सहुलियत दरको आवास कर्जा पाएका छन ।

प्रकाशित मिति : २६ चैत्र २०७४, सोमबार १०:१५