१ जेष्ठ २०८१, मंगलवार | Tue May 14 2024

अफगानिस्तानको पाक्टीका प्रान्तमा नेटोको हवाई आक्रमण, दश तालिबानीको मृत्यु


२९ वैशाख, काठमाडाैँ । पूर्वी अफगानिस्तानको पाक्टीका प्रान्तमा  गएराति नेटोको अग्रसरतामा गरिएको चालकविहीन हवाई आक्रमणमा दश जना तालिबानीको मृत्यु भएको छ । प्रान्तीय प्रहरी प्रवक्ता शाह मोहम्मद आर्यानले स्थानीय प्रहरीको भनाई उद्धृत गर्दै बरमाल जिल्लाको मङ्गरित इलाकामा गरिएको हवाई आक्रमणमा १० जना मारिएको जानकारी दिनुभयो ।

राजधानी काबुलबाट करिब १५५ किलोमिटर दक्षिणमा गरिएको यस कारबाहीमा सर्वसाधारण नपरेको प्रहरीले दावी गरेको छ । तालिबान समूहले उक्त दुबै घटनाका बारेमा कुनै प्रतिक्रिया दिएको छैन ।

प्रकाशित मिति : २९ बैशाख २०७६, आईतवार ०७:२६

https://srdb.com.np/