१ जेष्ठ २०८१, मंगलवार | Tue May 14 2024

राष्ट्रियसभा उपाध्यक्ष र केही नेतालाई जेलमा राख्न सर्वाेच्चको आदेश


२८ वैशाख, काठमाडौं । भेनेजुएलामा सर्वाेच्च अदालतले राष्ट्रिय सभाका उपाध्यक्षसहित केही नेतालाई  जेलमा राख्न आदेश दिएको छ ।सर्वाेच्च अदालतले ‘आतंकवाद सम्बन्धी’ क्रियाकलापमा संलग्न भएको आरोपमा भेनेजुएलाका राष्ट्रिय सभा उपाध्यक्ष इड्गार जाम्ब्रानोलार्ई जेल हाल्न आदेश दिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छ ।

गत अप्रिल ३० तारिखमा विपक्षी नेता हुवान गुएइदो, उपाध्यक्ष जाम्ब्रानोसहित विपक्षी समूहले सरकारविरुद्ध उत्रिन आह्वान गरेका थिए । राष्ट्रपति निकोलस मुदुरोलाई पदमुक्त गराउन पनि आह्वान गरिएको थियो ।

त्यसपछि उपाध्यक्ष जाम्ब्रानोलगायत राष्ट्रिय सभाका केहीलाई सरकारी सुरक्षा अधिकारीहरूले अनुसन्धान अगाडि बढाएका थिए । त्यही अनुसन्धानकर्ताहरूको सिफारिसका आधारमा अदालतले उनीहरूलाई जेलमा राख्न आदेश दिएको हाे ।

प्रकाशित मिति : २८ बैशाख २०७६, शनिबार १९:०१

https://srdb.com.np/