७ असार २०८३, आइतबार | Mon Jun 22 2026

पैसाको लागि वृद्ध पुरुषसँग विवाह गर्ने बलिउड अभिनेत्रीहरु

२६ वैशाख, काठमाडौं । बलिउड अभिनेत्रीहरु जसले पैसाकाेलागि वृद्ध  पुरूषसँग विवाह गरेका छन् ।  पैसाको लागि विवाह गरेका केहि नायिकाहरुः

तुलिप जोशी
बलिउड चलचित्र मेरे यार की शादी हे मा अभिनय गरिसकेकी यी नायिकाले ४५ वर्षीय बिजनेसम्यान क्याप्टन नायरसँग विवाह गरेकी थिइन्। उनको विवाह गर्दा तुलिप जोशीको र क्याप्टन नायरको उमेर अन्तर धेरै रहेको थियो।

सेलिना जेटली
बलिउड अभिनेत्री सेलिना जेटलीले पनि अस्ट्रियाका धनाड्य पीटर हगसँग विवाह गरेकी थिइन्। उनले विवाह गरेको समयमा सेलिनाले पैसाको लागि विवाह गरेकाे हल्ला चलेको थियो।

आयशा टाकिया
बलिउडमा आफ्नो सुन्दरताको कारण धेरैलाई दिवाना बनाउन सफल भएकी आयशा टाकिया अहिले अभिनय देखि टाढा रहेकी छिन्। उनले फरहान आजमीसँग विवाह गरेकी थिइन्। धेरै धनि फरहानसँग विवाह गरेकी उनले पैसाको लागि बलिउडनै छाडेर घरजममा जुटेको बताउने गरिन्छ।

जूही चावला
बलिउडमा धेरै चर्चित रहेकी नायिका जूही चावलाले पनि आफू भन्दा धेरै उमेर भएका जय मेहतासँग विवाह गरेकी थिइन्। उनलाई पनि जय मेहतासँग पैसाको लागि विवाह गरेको आरोप लाग्ने गरेको छ।

श्रीदेवी
केही समय अगाडी मृत्यु भैसकेकी नायिका श्रीदेवीले पनि बोनी कपूरसँग विवाह गरेकी थिइन्। उनले विवाह गरेको समयमा बोनी कपूरको अर्को श्रीमती पनि रहेकी थिइन्। जसको कारण पैसाको लागि विवाह गरेको भनेर श्रीदेवीलाई आरोप लागेको थियो। यस्तै धनाड्यसंग विवाह गरेका अन्य नायिकाहरुमा विद्या बालन, शिल्पा शेट्टी, अमृता अरोरा पनि पर्ने गर्छन्।

 

प्रकाशित मिति : May 9, 2019 at 8:22 pm