५ जेष्ठ २०८१, शनिबार | Sun May 19 2024

अमिताभ बच्चनलाई डरलाग्दो स्वास्थ्य समस्या, फोक्सोले काम गर्न छाड्याे


२५ वैशाख,काठमाडाै । चर्चित बलिउड अभिनेता अमिताभकाे स्वास्थ्यमा समस्या देखीएकाे छ । उनले आफु बिरामी भएका कारण फ्यानहरुलाई भेट्न नपाएको भन्दै दुःखेसो गरेका छन् । अमिताभ १९८२ देखि हरेक आइतबार आफ्ना सर्मथकसँग भेट्दै आएका थिए । ट्वीटमा अमिताभले लेखेका छन, ‘आइतबार भेट हुन सक्दैन म बिरामी छु ।

उनलाई आराम गर्नको लागि सुझाउने फ्यानहरु पनि उस्तै रहेका छन् । ट्वीटमा मात्रै होईन उनले ब्लगमार्फत पनि यसका बारेमा जानकारी दिएका छन । उनले लेखे, ‘आइतबार भेटघाट सम्भव भएन । ओछ्यानमा छु केही पिडा महसुस हुँदैछ । गएको २० वर्ष देखि अमिताभ हेपीटाइटिस बी रोगबाट पिडित छन् ।

उनको फोक्सो ७५ प्रतिशत खराब भएको छ र बाँकी २५ प्रतिशत काम गरिरहेको छ । यसकारण उनलाई समयसमयमा पेट दुख्ने समस्या हुने गर्दछ । फिल्म कुलीको शूटिङको समयमा जब उनी घाइते भए त्यो बेला देखि उनलाई हेपीटाइटिस बी लागेको हो ।

प्रकाशित मिति : २५ बैशाख २०७६, बुधबार १०:४८