५ जेष्ठ २०८१, शनिबार | Sun May 19 2024

श्रीलङ्कामा अप्रिलमा मात्रै डेढ लाख विदेशी पर्यटक भित्रिए


२५ वैशाख, काठमाडौँ । श्रीलङ्कामा गत अप्रिल महिनामा एक लाख ६६ हजार नौ सय पर्यटक भित्रिएका छन् । यो सङ्ख्या अघिल्लो वर्षको यही अवधिको तुलनामा ७.५ प्रतिशत कम भएको अधिकारीहरूले मङ्गलबार जानकारी दिएका छन् । केही दिन अगाडि भएको विस्फोटनको घटनाका कारण ठूलो सङ्ख्यामा पर्यटकहरूले यात्रा योजना रद्द गरेको तथ्याङ्कले देखाएको छ ।

श्रीलङ्का पर्यटन विकास प्राधिकरण (एसएलटीडीए)ले अहिलेको महिना पर्यटकको सङ्ख्या अझ घट्न सक्ने पूर्वानुमान गरिएको सङ्केत गरेको छ । श्रीलङ्का आउने विदेशी पर्यटकहरूमध्ये सबैभन्दा धेरै बेलायत, भारत, जर्मनी, चीन र अष्ट्रेलियाका रहेका छन् । समग्रमा यस वर्षको अप्रिलसम्ममा नौ लाखभन्दा बढी विदेशी पर्यटकहरू श्रीलङ्का आएका छन् । यो सङ्ख्या अघिल्लो वर्षको यही अवधिको भन्दा २.२ प्रतिशत बढी हो ।

तर गत अप्रिल २१ तारिखका दिन श्रीलङ्काका विभिन्न चर्च र होटलहरूमा भएको विस्फोटनका घटनाले श्रीलङ्काको पर्यटन उद्योगलाई ठूलो असर पारेको छ । समाचारमा जनाइएअनुसार होटलमा भएको बुकिङको झण्डै ९० प्रति रद्द भएको छ ।

प्रकाशित मिति : २५ बैशाख २०७६, बुधबार ०७:११