५ जेष्ठ २०८१, शनिबार | Sun May 19 2024

प्रवासी नेपाली एकता मञ्च साउदीद्वारा सुजन पुडासैनीको अध्यक्षतामा २४ सदस्यीय क्षेत्रीय समिति गठन


२३ वैशाख काठमाडाैँ । प्रवासी नेपाली एकता मञ्च साउदीले क्षेत्रीय समिति गठन गरेकाे छ । मञ्चले ३ मे मा सुजन पुडासैनीको अध्यक्षतामा २४ सदस्यीय कार्यसमिति चयन गरेकाे हाे । मञ्चले एभरेस्ट रेस्टुरेन्टमा जुवेल क्षेत्रीय समिति गठन गरेको हो ।

 

त्यसैगरी, सचिवमा दुर्गा पौडेल, सदस्यहरुमा क्रमशः उदय पुडासैनी, दिपक बराल, दिपक राज भनण्डारी, बिष्णु नेपाली, शिबराज शर्मा, राजकुमार रेग्मी, यम बस्नेत, युबराज सापकोटा, कृष्ण ढुङ्गाना, पदम बिक, अर्जुन लामिछाने, बिष्णु गिरि,ओम गुरुङ, हिरा केसि, लिला बहादुर मगर, जीवन दङाल, शुदर्सन बराल, दिलकर शाह, राम कोशोर महत, कृष्ण आलेमगर, धन बाहादुर नेपाली, रामचन्द्र रेग्मी चयन भएका हुन् ।

त्यस्तै, मञ्चकाे सल्लाहकारमा राजिव रेग्मी, सन्जिव नेपाल, सन्तोष नेपाल, बालकुमार कटुवाल र राजेन्द्र विकलाई चुनिएका छन् । कार्यक्रमका प्रमुख अतिथि प्रवासी नेपाली एकता मञ्च साउदीका संयोजक शिवराज जैसीले संगठनले श्रमिकका हक हितलाइ ध्यानमा राखेर काम गर्न र संगठनलाई सुदृढ बनाउन भुमिका खेल्नुपर्ने बताए ।

कार्यक्रममा मञ्चकी महिला संयोजक अम्बिका सापकोटा(अधिकारी)सदस्यहरु कमल शाही, राम चन्द्र वाग्ले, टीकाराम पराजुली लगायत उपस्थित रहेका थिए । मञ्च नेकपाका प्रवास संगठन हो । यसअघि दमाम र रियादमा पनि क्षेत्रीय कमिटी गठन गरिसकेका छन् ।

प्रकाशित मिति : २३ बैशाख २०७६, सोमबार १९:२३