५ जेष्ठ २०८१, शनिबार | Sun May 19 2024

आपत्कालीन अवतरणका क्रममा विमानमा आगो लाग्दा ४१ यात्रुको घटनास्थलमै मृत्यु


२३ वैशाख, काठमाडाैँ । रूसमा आपत्कालीन अवतरणका क्रममा विमानमा आगो लाग्दा  ४१ यात्रुको घटनास्थलमै मृत्यु भएको ।  विमानमा समस्या देखिएपछि मस्को विमानस्थलमा आपत्कालीन अवतरण गराइएको थियो । अवतरणको क्रममा नै विमानमा आगो लागेको प्रत्यक्षदर्शीले बताएको अन्तराष्ट्रिय सञ्चारमाध्यले जनाएका छन । विमानमा चालक दलका ५ जनासहित ७८ जना यात्रु सवार रहेका थिए । ३७ जना जिवित रहेको र केही घाइते भएको बताइएको छ ।

रुसको सरकारी विमान कम्पनी एयरोल्फोटका अनुसार विमानमा केही समस्या देखिएपछि विमानस्थलतर्फ फर्काइएको थियो । यसबारे कम्पनीले विस्तृत जानकारी दिन बाँकी नैछ ।

सामाजिक सञ्जालमा आइरहेका भिडियोमा यात्रुहरु विमानको आपतकालीन् ढोकाबाट निस्केर भागिरहेका छन् । भिडियोमा विमान अवतरण भइरहेको र कालो धूवाँ फालिरहेको देखिन्छ । सुखोइ सुपरजेट १०० विमान मस्कोको शेरमियतएभो विमननस्थलबाट मारमास्कको लागि उडान भरिरहेको थियो ।

प्रकाशित मिति : २३ बैशाख २०७६, सोमबार ०७:४३