५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

अमेरिकाको फ्लोरिडामा १३६ यात्रु बाेकेकाे बोइङ विमान रन वेबाट चिप्लेर नदीमा खस्यो


२१ बैशाख, काठमाडाैँ । अमेरिकाको फ्लोरिडामा बोइङ  विमान रन वेबाट चिप्लेर सेन्ट जोन्स नदीमा खसेको छ । उक्त विमान क्युबाको ग्वान्टानामो बेबाट आइरहेको थियो । ज्याक्सनभिलका मेयर लेनी करीका अनुसार विमान कम गहिराइ भएको पानीमा खसेको र विमानका सबै यात्रु सुरक्षित भएको जानकारी दिएका छन् ।

स्थानीय समय अनुसार शुक्रबार राती ९ बजेर ४० मिनेट जाँदा अवतरण गर्ने क्रममा रनवेबाट चिप्लेर नदीमा खसेको थियो । ग्वान्टानामो बेको नेभल स्टेसनबाट नेभल एयर स्टेसन ज्याकसनभिलमा विमान अवतरण गर्ने क्रममा उक्त दुर्घटना भएको नभेल एयर स्टेसन ज्याकसनभिलका प्रवक्ताले जानकारी दिए । दुर्घटना लगत्तै उद्धार टोली पुगेर सबैको उद्धार गरेको थियो ।

दुर्घटनामा कोही पनि गम्भीर घाइते नभएको बताइएको छ । विमानमा १३६ यात्रु थिए जसमध्ये दुई यात्रुलाई सामान्य चोट लागेको बताइएको छ ।

प्रकाशित मिति : २१ बैशाख २०७६, शनिबार १२:०३