१२ जेष्ठ २०८१, शनिबार | Sat May 25 2024

चलचित्रमा हिराेकाे मृत्यु भएपछि एक युवती रुँदारुँदै अस्पताल भर्ना


१६ वैशाख, काठमाडाै । केही दिन अघिमात्र प्रदर्शनमा आएको एभेन्जर्स इन्डगेम नामक चलचित्र हेरेर एक युवती धेरै रूँदा अस्पताल नै भर्ना गर्नुपयो । चलचित्र हेरेर अस्पताल पुग्ने चीनकी २१ वर्षय युवती रहेकी छिन् । उनि चलचित्र हेर्न मार्वलको सुपरहिरो सिरिज एभेन्जर्स इन्डगेम हलमा पुगेकी थिइन्।

चलचित्र हेरेपछि उनी निकै दुःखी भइन् र रुन थालिन् । चलचित्रको अब कुनै पनि नयाँ सिरिज नआउने भएपछि र चलचित्रमा महत्वपूर्ण कालाकारको मृत्यु भएपछि उनी रूनथालेकी हुन् ।

हलभित्रै निरन्तर तीन घण्टासम्म रुँदा उनको स्वास्थ्य स्थिति बिग्रन थाल्यो । त्यसपछि उनलाई अस्पताल भर्ना गरियो । अस्पताल पुर्याउँदा उनलाई सास फेर्न समस्या हुनुका साथै हात खुट्टा पनि सुन्निएका थिए । डाक्टरले उनलाई अक्सिजन लगाए र उनलाई सामान्य अवस्थामा ल्याउन निकै सान्त्वना दिनुपरेको थियो ।

विश्वभर प्रदर्शनमा आएको चलचित्र अहिले चर्चामा छ । यो संसारको सबैभन्दा धेरै कमाई गर्ने फिल्ममा पनि समावेश भएको छ । यो चलचित्रले संसारभरी १ हजार १ सय ८६ करोड बढी कमाई गरेको छ । एजेन्सी

प्रकाशित मिति : १६ बैशाख २०७६, सोमबार ०९:२८