५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

कुकुरको पिसाब पिउँछिन् एक युवती, के छ त्यस्ताे कुकुरकाे पिसाबमा ? 


१५ वैशाख, काठमाडाैँ । अमेरिकामा बस्ने एकजना युवतीले आफ्नो घरमा पालेको कुकुरको पिसाब पिउने गरेकी छिन् । कुकुरको पिसाब पिउने युवती लीन ल्यूका अनुसार कुकुरको पिसाब पिउनाले अनुहारमा दागधब्बा नआउने, डण्डीफोर नआउने तथा क्यान्सरको उपचारमा पनि सहयोग पुग्ने उनको दाबी छ ।

समाचार अनुसार उनले एकपटकमा एक गिलास कुकुरको पिसाब सिनित्तै पिउछिन् ।  उनले छिमेकीको कुकुरको पिसाब संकलन गरेर पनि पिउने गरेकी छिन् । मानिसहरुले आफ्नो अनुहारको चमकका बारेमा सोध्ने गरेको भन्दै उनले यसको रहस्य दिनहुँ पिउने कुकुरको पिसाब भएको बताउँछिन् ।

सुरुमा  कुकुरको पिसाब पिउँदा निकै असजिलो भएको भए पनि विस्तारै त्यो उनको बानी बन्यो । पहिले अनुहारमा निकै धेरै दागधब्का तथा डण्डीफोर थिए । तर कुकुरको पिसाब पिउन थालेपछि दागधब्बा हराएकाे अनुहारमा निखार आएको उनको भनाई छ ।

प्रकाशित मिति : १५ बैशाख २०७६, आईतवार १२:५३