३० आश्विन २०८३, शुक्रबार | Sat Oct 17 2026

आफू गर्दैन उ, न अरुलाई दिन्छ गर्न (गजल)

–शम्भु प्रसाद पुडासैनी ‘प्रदेशी’

मान्छेको पनि प्रकार हुदोरहेछ
बुद्धिको पनि आकार हुदोरहेछ ।।

आफु के गर्दैछ बाल छैन उस्लाई
अर्काको मात्र सरोकार हुदोरहेछ ।।

पछाडी जति निन्दा गरेपनि अरुको
अगाडितिर देख्दा नमस्कर हुदोरहेछ ।।

आफू गर्दैन उ, न अरुलाई दिन्छ गर्न
यहीँ नै मान्छेको संस्कार हुदोरहेछ ।।

अबुझ बन्छ सधै समाजको अगाडि
बास्तबमा सबै जानकार हुदोरहेछ ।।

जसलाई उदाहरणीय मान्दछौ हामी
ऊ नै भित्रभित्रै बाट बेकार हुदोरहेछ ।।

प्रकाशित मिति : April 4, 2018 at 3:27 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/