५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

जेलेन्स्कीसँग सहकार्यबारे ‘बोल्नु हतार हुने’ ःक्रेमलिन


१० वैशाख, काठमाडाैँ । रूसी प्रशासन केन्द्र क्रेमलिनले नवनिर्वाचित यूक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग सहकार्य हुनसक्ने वा नसक्ने बिषयमा अहिल्यै बोलिहाल्नु हतार हुने बताएको छ । क्रेमलिनले भनेको छ, “हास्यकलाकारबाट यूक्रेनको राष्ट्रपतिमा निर्वाचित जेलेन्स्कीसँग सहकार्य हुनसक्ने बिषयमा तत्काल प्रतिक्रिया दिनु ‘हतार हुनेछ’ ।”

यूक्रेनमा गत हप्ताको अन्त्यमा भएको निर्वाचन परिणाम सोमबार मात्र सार्वजनिक भएको हो । “रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले हास्यकलाकारबाट राष्ट्रपतिमा निर्वाचित बनेका जेलेन्स्कीलाई बधाई दिने वा सहकार्य गर्नेबारे कुरा गर्नु हतार हुनेछ ।” क्रेमलिन प्रवक्ता दिमित्री पेश्कोभले भन्नुभयो, “यो उहाँको कामको आधारमा निर्णय गरिने मुद्दा हो ।”

प्रकाशित मिति : १० बैशाख २०७६, मंगलवार ०७:५५