१ जेष्ठ २०८१, मंगलवार | Tue May 14 2024

मलेसिया रोजगारीः दुई दिनमा कलिङ भिसा आएका १९ जनाले श्रम स्वीकृति पाए


२६ चैत, काठमाडाैँ । रोजागरीका लागि मलेसिया जान कलिङ भिसा आएका १९ जना नेपाली युवाले श्रम स्वीकृति पाएका छन । दुई दिनमा १९ जनाले श्रम स्वीकृति पाएको श्रम कार्यालय ताहाचलले जनाएको छ । कलिङ भिसा पाइसकेको र वैदेशिक रोजगार व्यवसायी संघको सिफारिस पत्रसहित आएका १९ जनालाई अन्तिम श्रम स्वीकृति दिइएको कार्यालयले जनाएको छ ।

कार्यालयले चैत २५ गते सोमबार २ जना र चैत २६ गते मंगलबार १७ जनाले अन्तिम श्रमस्वीकृति पाएको जनाएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले पहिलो चरणमा कलिङ भिसा पाएकाहरुलाई चैत १८ गतेदेखि अन्तिम श्रम स्वीकृति खुल्ला गरेको थियो । कलिङ भिसा पाएकाले श्रम स्वीकृति पाए पनि नयाँ प्रक्रियाबाट जान चाहनेका लागि केही साता लाग्ने देखिएको छ । कामदार पठाउने विषयमा नेपाल र मलेसियाबीच गएको कात्तिक १२ गते श्रम समझदारी भइसकेको छ ।

प्रकाशित मिति : २६ चैत्र २०७५, मंगलवार २०:५४

https://srdb.com.np/