१४ कार्तिक २०८३, शुक्रबार | Fri Oct 30 2026

पोखराका घरजग्गा व्यवसायी चन्दन गिरी मृत भेटिए

२६ चैत, पोखरा । पोखराका घरजग्गा व्यवसायी चन्दन गिरी मृत भेटिएका छन् ।  पोखरा महानगरपालिका वडा नं ८ जाल्पा रोडका ४५ वर्षीय चन्दन गिरी आफ्नै घरकाे सिलिङ पंखामा सलको पासो लगाएर आत्महत्या गरेको अवस्थामा फेला परेकाे प्रहरी जनाएको छ।

गिरी लामाे समयदेखि पोखरामा रियलस्टेट, हाउजिङलगायतका व्यवसायमा संलग्न रहदै आएका थिए । मंगलवार बिहान करीब ९ बजेतिर घरमा कोही नभएको अवस्थामा कोठा बन्द गरी उनले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएकाे छ ।

घटनाको बारेमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : April 9, 2019 at 2:19 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/