अर्घाखाँचीकाे लाट्टेबासमा जीप दुर्घटना, ३ जनाको मृत्यु, १० घाइते
२५ चैत, अर्घाखाँची । अर्घाखाँचीको भूमिकास्थान नगरपालिका ८ लाट्टेबासमा जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् ।

सन्धिखर्कबाट खिल्जीतर्फ जांदै गरेको लु १ ज १२२९ नम्बरको को जीप लाट्टेबासमा दुर्घटना भएकाे हाे । दुर्घटनामा मृत्यु भएकाको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएकाे छ ।
प्रकाशित मिति : 16:49







