१० असार २०८३, बुधबार | Wed Jun 24 2026

बसुन्धाराकाे एक घरमा बम भेटियो, ५ जना पक्राउ

२५ चैत, काठमाडौँ । काठमाडौँको बसुन्धारामा सकेट बम भेटिएको छ । ओसिस क्याफेको पछाडि रहेको ‘द वल्र्ड कल्चर आर्ट एसोएिसन’ को कार्यालयमा सोफामुनि राखेको अवस्थामा शंकास्पद वस्तु फेला परेको प्रहरीले जानकारी दिएकाे छ ।

घटनास्थलमा यतिबेला नेपाली सेना पनि पुगेको छ। सेनाको टोलीले बम निस्क्रिय पार्न प्रयास गरिरहेको छ। प्रहरीले घट्नास्थलबाट पाँच जनालाई नियन्त्रणमा लिएको छ ।

२४ फागुनकाे राति बुसन्धरामै नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले वैदेशिक रोजगार व्यवसायी महासंघका अध्यक्ष रोहन गुरुङको घरको पार्किङमा बम विस्फोट गराएको थियो। सो घटनामा मणिराम पौडेल घाइते भएका थिए।

विस्फोटपछि आगजनी हुँदा बा १० च ६७८९ नम्बरको कार पूर्ण रुपमा जलेको थियो। आसपासका घरमा समेत क्षति पुगेको थियो। विप्लव समूहले १० फागुनमा नख्खुस्थित एनसेलको कार्यालय अगाडि बम विस्फोट गराउँदा एक जनाको मृत्यु भएको थियो। दुई जना घाइते भएका थिए।

बसुन्धरामा भेटिएको बम कसले राखेको हो खुल्न सकेको छैन।

प्रकाशित मिति : April 8, 2019 at 3:38 pm