१ जेष्ठ २०८३, शुक्रबार | Fri May 15 2026

मालपोत कार्यालयका नासु बासुदेव रिटायर्ड हुने २ दिनअघि ४० हजार घुससहित रंंगेहात पक्राउ

२५ चैत, जनकपुर । सप्तरीको राजविराजस्थित भूमि सुधार तथा मालपोत कार्यालयका नायब सुब्बा बासुदेव मण्डल घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुन्धान आयोग इटहरीको टोलीले मण्डललाई सोमबार सेवाग्राहीसँग घुस लिदै गर्दा रंंगेहात पक्राउ गरेको हो ।

मण्डललाई एक सेवाग्राहीलाई कार्यालयमै बोलाएर मोहीको जग्गा सम्बन्धी मुद्दा मिलाइदिन्छु भन्दै ४० हजार रुँपैयाँ घुस लिदालिदै अख्तियारको टोलीले पक्राउ गरेको हो । मण्डलले जग्गासम्बन्धी विवाद मिलाइदिने भन्दै सेवाग्राहीसँग ४० हजार रुँपैयाँ मागेपछि अख्तियारको टोलीले निगरानीसँगै पक्राउ गरेको जनाएको छ ।

पक्राउ परेका मण्डलमाथि थप अनुसन्धान र आवश्यक कारवाहीका लागि सोमबारै क्षेत्रीय कार्यालय इटहरी लगिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । जिल्ला भूमिसुधार तथा मालपोत कार्यालयका अनुसार सप्तरीको राजगढ गाउँपालिका ४ बेल्ही चपेना निवासी नासु मण्डल २ दिनपछि ५८ वर्षे सेवा अवधी पुरागरि सेवानिवृत्त हुन लागेका थिए ।

प्रकाशित मिति : 14:45