२३ बैशाख २०८१, आईतवार | Sun May 5 2024

दक्षिण अष्ट्रेलियामा हुन लागेको नेपाल फेस्टिबलको तयारी तीब्र


एडिलेट। गैर आवासीय नेपाली सङ्घ दक्षिण अष्ट्रेलियाकाे आयोजनामा एडिलेटमा यहि अप्रिल १४ (बैशाख १) तारिख हुने नेपाल फेस्टिबलको तयारीले तिब्रता पाएको छ । संघले मेलाको व्यवस्थापनको तयारी पूरा गरेर प्रचार प्रसारलाई तिब्रता दिएको छ । संघका सचिव प्रकाश पनेरूले अन्तिम हप्ता प्रचारको काम जोड दिने बताए । पनेरुका अनुसार ६००० भन्दा बढिले मेलाकाे अवलोकन गर्ने जसमा २००० भन्दा बढि गैर्ह नेपाली हुने अनुमान गरिएकाे छ ।

प्रचारको क्रमा गत शनिबारबाट घरमा निम्तो पत्र बाड्न शुरु गरिएकाे छ । भने अष्ट्रेलियन नागरिकहरुलाई बिशेष निमन्त्रणा गर्न एडिलेटकाे मुख्य केन्द्र रन्डल मलमा साेमवार बेलुकी एडिलेट पञ्चे बाजा समुहले अाफ्नो प्रस्तुति प्रस्तुत गर्ने समुहका सदस्य गणेश पराजुलीले बताउनु भयाे । भने सचिव पनेरुका अनुसार सामाजिक संजाललाई प्रचारको मुख्य आधार बनाएको छ । यसै गरि मेलाकाे प्रचार कार्यमा दक्षिण अष्ट्रेलिया सरकार मन्त्री र सांसदहरूले संलग्न भएका छन् ।

दक्षिण अष्ट्रेलिया सरकारकी मन्त्री जिङ लि त्यसै गरि बिपक्षी दल लेबर पार्टीका नेताहरु रसेल वाट्ले लगायतले भिडियाे मार्फत कार्यक्रममा दक्षिण अष्ट्रेलियावासीलाई कार्यक्रम उपस्थितिका लागि अनुरोध गरेका छन् । यसले गैर्ह नेपालीहरुकाे उपस्थितिलाई बढाउने अपेक्षा गरिएकाे छ । मेलाको मुख्य आकर्षण नेपाल परेड बाजा गाजा झाकि सहित १४ तारिख १० बजे रन्डल मलबाट शुरु भई कार्यक्रम स्थल लाइट स्क्वायर पुग्ने छ ।

लाइट स्क्वायरमा उद्घाटन सहितको अौपचारिक कार्यक्रम पछि सांस्कृतिक कार्यक्रम, फेसन शो लगायतका विविध मनोरञ्जनात्मक कार्यक्रम हुने बताईएको छ ।भने १३ तारिख बेलुकी नेपाली खाना सहितकाे गाला डनर हुने छ । संघका सदस्य सुपक अधिकारीका अनुसार डिनरमा नेपाली पहिचान झल्कने खानाहरु हुनेछन् । नेपाली र गैर्ह नेपालीहरु गरि ४०० भन्दा बढि सहभागी हुने अपेक्षा गरिएकाे अधिकारीले बताउनु भयाे । साेहि दिन बिहान ९ बजेबाट अष्ट्रेलियामा रहेका नेपाली विज्ञहरु सम्मेलन हुदैछ ।

 

प्रकाशित मिति : २५ चैत्र २०७५, सोमबार ०९:२७