११ आश्विन २०८३, आइतबार | Sun Sep 27 2026

ताप्लेजुङमा भिर काट्ने क्रममा पहराे खसेर जेसिवीसहित चालक पुरिए

२४ चैत, ताप्लेजुङ। ताप्लेजुङमा सडक खन्ने क्रममा पहराे खस्दा ताप्लेजुङमा चालक सिन्धुलीका २५ बर्षीय वीरबहादुर तामाङ सहित जेसीबी मेसिनलाई नै पुरेको छ । ताप्लेजुङकाे सिरिजंघा गाउँपालिकाको ५ पेदाङमा भन्ने ठाउँमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख संञ्जयसिंह थापाले बताए ।

आईतबार बिहान सडक खनिररहेका बेला भिर काट्ने क्रममा पहरा फुटेर आएको पहिरोले चालक र जेसीबी पुरिएको हाे । पहिरोमा परेको मेसिन पुर्णरुपमा पुरिएकोले चालकको अवस्थाबारे केही भन्न नसकिएको प्रहरी प्रमुख संञ्जयसिंह थापा बताएका छन् ।

प्रकाशित मिति : April 7, 2019 at 5:28 pm