५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

इकोनोमिक्सको परीक्षामा पब्जी खेल्ने तरीका लेखेपछि… 


२४ चैत, भारत । भारतको दक्षिणी क्षेत्रमा कल्लाकुरी सम्बाशिब नाम गरेका कक्षा ६ मा पढ्ने एक बालकले पब्जी खेल्न नपाउँदा आत्महत्या गरेका छन् । बालककी आमाले पब्जी नखेल भनेर गाली गरेकै कारण बालकले आत्महत्या गरेको सार्वजनिक भएको छ ।

घटना केही दिन अगाडिको हो ती किशोरले आत्महत्या गरेपछि उनका पिताले पब्जीमा रोक लगाउन माग गरेकाल छन् । परीक्षाको बेला पब्जी खेली रहेका किशोरलाई उनी आमाले पढ भनेर कर गरेकाले बालकले आत्महत्या गरेकाे भारतीय सञ्चार माध्यमले जनाएकाे छ ।

आमाले गाली गरेपछि  अाफ्नै काेठाकाे फ्यानमा झुण्डेर आत्महत्या गरेको जनाइएको छ । त्यस्तै भारतको कर्नाटकमा एक विद्यार्थीले इकोनोमिक्सको परीक्षामा पब्जी कसरी खेल्ने भन्ने बारे लेखेको घटनासमेत केही दिन अगाडि सार्वजनिक भएको थियो ।

प्रकाशित मिति : २४ चैत्र २०७५, आईतवार १३:४६