५ जेष्ठ २०८१, शनिबार | Sun May 19 2024

गरिबीबाट माथि उठाउनका लागि तीन करोड जनतालाई चीन सरकारको सहयोग


२३ चैत, चीन । करिब ३० वर्ष पहिले स्थापना गरिएको चीनको गरिबी निवारण प्रतिष्ठानले अहिलेसम्म तीन करोड नागरिकलाई गरिबीबाट माथि उठ्नका लागि विभिन्न प्रकारका सहयोग गरेको उक्त संस्थाले जनाएको छ । प्रतिष्ठानले सन् २०१८ को अन्त्यसम्म पाँच अर्ब ८५ करोड युआन (८७ करोड १० लाख अमेरिकी डलर) नगद तथा गरीब परिवार लक्षित कार्यक्रममार्फत सहयोग पु¥याएको संस्था सम्वद्ध स्रोतहरूले जनाएका छन् ।

प्रतिष्ठानले साना तथा घरेलु उद्योगको स्थापना गरी उनीहरूको आर्थिक अवस्था सुधार तथा जनताको आम्दानी बढाउनेजस्ता कार्यक्रममार्फत गरीब जनतालाई सेवा पु¥याएको बताइएको छ । उक्त संस्थाले सन् २०१५ पछि शुरू गरी हाल इ–कमर्समार्फत करिब १६ हजार कृषकलाई उनीहरूका उत्पादन विक्री गर्नका लागि सहयोग पु¥याउँदै आएको छ । यस कार्यक्रममा संस्थाले एक करोड १० लाख ६७ हजार युआन खर्च गरेको पनि बताइएको छ ।

प्रतिष्ठानअन्तर्गत रहेर सञ्चालित स्थानीय पर्यटन विकास कार्यक्रमबाट करिब ५९ हजार जनताले नियमित लाभ लिँदै आएको संस्थाले जनाएको छ । यस्तै कृषकलाई फाइनान्सका माध्यमबाट उत्पादनयोग्य खर्चका लागि ऋणस्वरूप ४० अर्ब ४० करोड युआन कृषका लागि प्रवाह गरेको छ ।

प्रतिष्ठानको सबैभन्दा आकर्षक मानिएको ‘लभ प्याकेज’ गरीब जनतालाई गरिबीबाट माथि उकास्नका शिक्षालगायतका क्षेत्रमा दिइँदै आएको छ । यस कार्यक्रमअन्तर्गत ३७ लाख छ हजार व्यक्तिबाट सन् २०१८ को अन्त्यसम्म ६७ करोड ७० लाख युआन उठाइएको छ । सम्पन्नबाट सहयोग लिएर विपन्न वर्गलाई सहयोग गर्ने यो कार्यक्रम गरिबी निवारणका लागि अर्को सशक्त माध्यम बनेको छ । (रासस/सिन्ह्वा

प्रकाशित मिति : २३ चैत्र २०७५, शनिबार २३:५१