५ जेष्ठ २०८१, शनिबार | Sun May 19 2024

अष्ट्रेलियाको एडिलेटमा नेपाली विज्ञहरुकाे सम्मेलन हुँदै


एडिलेट । गैर आवासीय नेपाली सङ्घ अष्ट्रेलियाको आयोजनामा अप्रिल १३ मा एडिलेटमा विज्ञहरुको सम्मेलन स्किल, नलेज एण्ड इनोभेसन कन्फ्रेन्स हुने भएको छ । कन्फ्रेन्सका लजेस्टिक संयाेजक राजु उपाध्यायका अनुसार अष्ट्रेलियामा रहेका विभिन्न विषयका नेपाली विज्ञहरुको सहभागीता जनाउनेछन । नेपाल फेस्टिबलको पुर्व सन्ध्यामा हुन गैरहेको यो सम्मेलनमा विज्ञहरुले अध्ययन र कामको शिलसिलामा प्राप्त गरेका ज्ञानलाई नेपालको सन्दर्भमा कसरी उपयोग गर्न सकिन्छ भनेर कार्यपत्रहरु पेश गर्नेछन् ।

युनिभर्सिटी अफ साउथ अष्ट्रेलियामा हुने सम्मेलनमा शिक्षा, स्वास्थ्य, कृषि लगायतका विषयमा कार्यपत्रहरू प्रस्तुत हुनेछ । लामाे समयदेखि अष्ट्रेलियामा इन्जिनियरिङ क्षेत्रमा कार्यरत संयाेजक उपाध्यायका अनुसार बिदेशमा बसेर हासिल गरेको ज्ञान नेपालको बिकास र समृद्धिमा कसरी प्रयोग गर्न सकिन्छ भनेर प्रस्तुत कार्यपत्रहरु माथी छलफल गरि निष्कर्षहरु निकालिनेछ ।

सम्मेलनका निष्कर्षहरु काठमाडौँ हुने सम्मेलनमा पेश गरिनेछ र एनआरएनले सम्बन्धित निकायमा हस्तान्तरण गर्नेछ । एनआरएन अष्ट्रेलियाले दुई दुई वर्षमा विज्ञहरुको सम्मेलन गर्दै आएको छ । यस पटकको सम्मेलनलाई महत्त्वका साथ तयारी गरिएको आयोजकहरुले बताएका छन् । सम्मेलनमा दक्षिण अष्ट्रेलिया सरकारका मन्त्रीहरुको समेत उपस्थिति रहने छ ।

प्रकाशित मिति : २३ चैत्र २०७५, शनिबार ०९:०६