३१ बैशाख २०८३, बिहिबार | Fri May 15 2026

डा विपिन अधिकारीलाई चाैतारीका महासचिव राईको जवाफ ‘ढुक्क हुनुस् तपाईँको राजा फर्किन्छन’

२२ चैत, काठमाडाैँ । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को भ्रातृ संगठन प्रेस चाैतारी नेपालका महासचिव राजेश राईले संवैधानिक कानुनका जानकार डा विपिन अधिकारीलाई राजा फर्कनेमा ढुक्क हुन अनुरोध गरेका छन । अधिकारीले शुक्रबार बिहान कान्तिपुर रेडियोको द हेडलाईनर्समा कुरा गर्दै राजा नफर्कने भन्ने सुनिश्चत नरहेको बताएका  थिए । अधिकारीको उक्ततर्कबाट अाक्रोशित बनेका राईले डा अधिकारीलाई राजा पूजापाठ गरेर चाँडै फर्कने जवाफ दिएका छन ।

राईले अधिकारीका नाममा लेखेका छन ‘आफूलाई संविधानविद् मान्ने डा. बिपिन अधिकारीले भनेछन्, ‘राजा नफर्कने भन्ने छैन ।’ नफर्किने भन्ने होइन जसरी पनि फर्किनुपर्छ । हाम्रो पूर्वतिर घुमिरहेका ज्ञानेन्द्र शाह यता नफर्किएर उता कता बस्छन् त ? डा.साहेब चिन्ता नगर्नुहोस् तपाईका राजा फर्किन्छन् । उतै बस्न होइन मात्रै पुजापाठ गर्न गा हुन् !’

संविधानको ज्ञाता भनेर चिनिएका डा अधिकारीको तर्कले गणतन्त्रवादीहरू अाक्रोशित बनेका थिए भने राजावादीहरू खुशी देखिएका थिए । हजाराैँ जनताको बलिदानीबाट स्थापना भएको संघीय गणतन्त्र संस्थागत हुने चरणमै रहेको बेलामा राजसंस्थाका प्रतिनिधिहरूले राजा फर्काउने भन्दै विभिन्न खालका मिसनहरू देखिने र नदेखिने गरी सञ्चालन गरिरहेका छन ।

अधिकारीको अन्तरवार्ता तल सुन्न सक्नुहुन्छ

 

प्रकाशित मिति : 21:00